कंगना रनौतको नयाँ फिल्म ‘भारत भाग्य विधाता’ को घोषणा

00-1-Kangana-Ranaut-1-1

नयाँ दिल्ली: अभिनेत्री कंगना रनौतले मंगलबार आफ्नो आगामी फिल्म ‘भारत भाग्य विधाता’ घोषणा गरेकी छिन्। पर्दा पछाडि दिनरात मिहिनेत गर्ने श्रमजीवी वर्गको अमूल्य योगदानलाई यो चलचित्रले देखाउनेछ। चलचित्रलाई मनोज तापडियाले निर्देशन र लेखन गर्नेछन् भने युनोइया फिल्म्स र फ्लोटिंग रक्स इन्टरटेनमेन्टले निर्माण गर्नेछन्। सामाजिक सञ्जाल ‘एक्स’ मार्फत फिल्मको घोषणा गर्दै रनौतले भने, ‘म ‘भारत भाग्य विधाता’ मार्फत वास्तविक जीवनका नायकहरूको कथालाई ठूलो पर्दामा ल्याउन पाउँदा निकै उत्साहित छु। यो चलचित्र ओझेलमा परेका नायकहरुलाई सिनेमेटिक श्रद्धाञ्जली हुनेछ। यो युनोइया फिल्म्स र फ्लोटिंग रक्स इन्टरटेमेन्ट बिचको पहिलो सहकार्य हो, जसले दर्शकहरुको मन छुने वाचा गर्दछ।‘ यसैबीच, कंगना रनौतको निर्देशनमा बनेको फिल्म ‘इमर्जेन्सी’ले अहिलेसम्म सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशन (सीबीएफसी) बाट प्रमाणपत्र पाएको छैन। यस फिल्मको रिलिज धेरै पटक स्थगित भई अब सेप्टेम्बर ६ मा रिलिज हुँदैछ। फिल्ममा कंगनाले पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निभाएकी छिन्, तर धेरै सिख धार्मिक संगठनहरूले फिल्मले साम्प्रदायिक तनाव सिर्जना गर्नसक्ने आरोप लगाएका छन्।

About Author

Advertisement