उरुग्वेका लुइस सुआरेजद्वारा अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यासको घोषणा

IMG-20240903-WA0158

नयाँ दिल्ली: उरुग्वेका दिग्गज फूटबलर लुइस सुआरेजले अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यासको घोषणा गरे। उनी उरुग्वेका सर्वकालिक शीर्ष स्कोरर हुन्। सुआरेजले पत्रकार सम्मेलनमा आफ्नो फसेलाबारे खुलासा गरे। प्याराग्वेविरुद्ध आउँदो ६ सेप्टेम्बरमा उरुग्वेको फिफा वर्ल्ड कप क्वालीफायर म्याच उनको अन्तिम अन्तर्राष्ट्रिय म्याच हुनेछ। सुआरेज उरुग्वेका महान खेलाड़ीहरूमा एक हुन्। उनले १७ वर्षको अन्तर्राष्ट्रिय करियरमा १४२ वटा म्याचमा ६९ गोल गरे। सुआरेजले ८ फरवरी २००७-मा कोलम्बियाविरुद्ध म्याचको साथ अन्तर्राष्ट्रिय फूटबलमा पदार्पण गरेका थिए अनि त्यस म्याचमा उरुग्वे ३-१-ले विजयी भएको थियो। त्यसपछि उनी चाँड़ै राष्ट्रिय टीमको अभिन्न हिस्सा बने। सुआरेज र डिएगो फोरलानको उत्कृष्ट प्रदर्शनको दममा उरुग्वेले २०१०-मा दक्षिण अफ्रिकामा भएको फिफा वर्ल्ड कपको सेमिफाइनलमा स्थान बनाएको थियो। सेमिफाइनलमा उरुग्वेले नीदरल्याण्डविरुद्ध हारको सामना गर्नु परेको थियो।
सुआरेजले भने, सन्न्यास लिने सही समय यही हो अनि यो जान्नुभन्दा राम्रो अरू केही हुन सक्दैन। अहिले अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिन गइरहेको समय म आत्मविश्वासले भरिएको छु। अब म राष्ट्रिय टीमबाट किनारा लिन चाहन्छु। म ३७ वर्षको भइसकेको छु अनि मेरो निम्ति आउँदो वर्ल्ड कपमा खेल्नु मुश्किल हुनेछ। म आफ्नो इच्छाले सन्न्यास लिइरहेको छु अनि यस फसेलापछि चोट कारण रहेन। यसैकारण म धेरै खुशी छु। यो मेरो निम्ति व्यक्तिगत रूपले राम्रो भइरहेको छ अनि म भविष्यको चुनौतीहरूका सामना गर्न तयार छु। यो फसेला लिनु मेरो निम्ति कठिन थियो तर मैले सदा आफ्नो मनको कुरा सुनेको छु। म आफ्नो अन्तिम म्याचसम्म राष्ट्रिय टीमको निम्ति मैदानमा शत प्रतिशत दिन चाहन्छु। अहिले मभित्र पहिला जस्तो ऊर्जा छैन। यसैकारण मलाई सन्न्यास लिने यही सही समय लाग्यो।
सुआरेजले हालै कोपा अमेरिका फूटबल टुर्नामेण्ट खेलेका थिए। कनाडाविरुद्ध तेस्रो स्थानको म्याचमा उनले आफ्नो टीमको जीतमा सहायता गर्दै पेनल्टी शूटआउटमा स्कोर गरेका थिए। सुआरेजको अन्तर्राष्ट्रिय करियर विवादहरूले पनि भरिएको रह्यो। फिफा वर्ल्ड कप २०१४-को म्याचमा उनले इटलीको डिफेण्डर जिओर्जिओ चिलिनीको कुममा टोकेका थिए। त्यस घटनालाई केन्द्र गरेर फिफाले उनीमाथि ४ महिनाको प्रतिबन्ध लगाएको थियो। यसरी २०१०-को वर्ल्ड कप क्वार्टर फाइनलमा उनले घानाविरुद्ध म्याचको अन्तिम क्षणमा निश्चित रूपले विनिंग गोललाई रोक्न जानीबुझी ह्याण्डबल गरेका थिए। उनले गोल लाइनमा हातले बल रोकेका थिए। त्यसपछि उनलाई रेड कार्ड देखाइए पनि घाना पेनल्टीबाट गोल गर्नदेखि चुकेको थियो अनि उरुग्वेले पेनल्टी शूटआउटमा जीत हासिल गरी सेमिफाइनलमा स्थान बनाएको थियो। यसरी सुआरेजकै उत्कृष्ट प्रदर्शनको सहायताले उरुग्वेले २०११-मा कोपा अमेरिकाको खिताब जितेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement