पेरिस प्यारालम्पिक २०२४: सुमित अंतिलले जिते ज्याभलिन थ्रो एफ६४-मा स्वर्ण पदक

IMG-20240903-WA0168

पेरिस: भारतका स्टार ज्याभलिन थ्रो प्यारा एथलीट सुमित अंतिलले असाधारण प्रदर्शन गर्दै पेरिस प्यारालम्पिकमा पुरुषहरूका ज्याभलिन थ्रो एफ६४ वर्ग स्पर्धामा स्वर्ण पदक जिते। सुमितले आफ्नो दोस्रो प्रयासमा ७०.५९ मीटरको थ्रो गरे, जुन उनको सर्वश्रेष्ठ थ्रो रह्यो। उनको दोस्रो प्रयास प्यारालम्पिक रेकर्ड पनि हो। यसरी सुमित टोक्यो प्यारालम्पिकको प्रदर्शनलाई दोहोऱ्याउन सफल भए। उनले टोक्यो प्यारालम्पिकमा पनि स्वर्ण पदक जितेका थिए अनि यसपाली पेरिसमा आफ्नो खिताब बचाए। सुमितले स्पर्धामा ६९.११ मीटरको थ्रो-को साथ शुरुवात गरे तर अघिल्लो प्रयासमै उनले आफ्नो सर्वश्रेष्ठ थ्रो गरी पदक पक्का गरे। त्यसपछि उनले तेस्रो प्रयासमा ६६.६६ मीटरको थ्रो गरे जबकि चौथो थ्रो फाउल रह्यो। उनले पाँचौं प्रयासमा ६९.०४ मीटर जबकि छैटौं तथा अन्तिम प्रयासमा ६६.५७ मीटरको थ्रो गरे। भारतका अन्य एक एथलीट सन्दीपले एफ४४ वर्गमा ६२.८० मीटरको सर्वश्रेष्ठ थ्रो गरी चौथो स्थान हासिल गरे। यसरी सन्दीप सञ्जय ५८.०३ मीटरको थ्रो गरी सातौं स्थानमा रहे।
हरियाणाको सोनीपत निवासी सुमितको वर्ल्ड रेकर्ड ७३.२९ मीटरको रहेको छ। उनले २०२३ र २०२४ वर्ल्ड प्यारा च्याम्पियनशीपको साथमा हांगझोऊ एशियन प्यारा गेम्समा पनि स्वर्ण पदक जितेका थिए। यसपाली पेरिसमा पनि स्वर्ण पदक जितेर उनले इतिहास रचे। यस स्पर्धामा श्रीलंकाका दुलान के-ले रजत पदक जिते। यसरी काँस्य पदक अष्ट्रेलियाका माइकल बूरियनको झोलीमा गयो। ज्याभलिन थ्रो-को एफ६४ वर्गमा ती खेलाड़ीहरूले हिस्सा लिन्छन्, जसको कृत्रिम खुट्टा हुन्छ या उनीहरूका खुट्टाको लम्बाई एकसमान हुँदैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement