सुनसरी इत्तेहादमा तुफेल, २५ सदस्य निर्वाचित

IMG-20240903-WA0092

भद्रपुर: मुस्लिम इत्तेहाद संगठन सुनसरीको चौथो जिल्ला अधिवेशनले तुफेल अहमद अन्सारीलाई सर्वसम्मति गरी अध्यक्षमा निर्वाचित गरेको छ। सुनसरी इत्तेहादको उपाध्यक्षमा मो. एजाजुल (गढी), सचिवमा आकिब हुसेन (इटहरी), उपसचिव द्वयमा सफालुद्दिन मिया(भोक्राहा) र मुस्ताक आलम(दुहबी)लाई निर्वाचित गरेको छ। अधिवेशनले २५ जना सदस्यसमेत निर्वाचित गरेको छ। इत्तेहाद संगठनका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सेराज अहमद फारुकीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले सुनसरी एमाले जिल्ला ईञ्चार्ज तथा पूर्व मन्त्री जगदिशप्रसाद कुसियत, पार्टी केन्द्रीय सदस्य तथा इत्तेहादका महासचिव तैयब हुसेन, एमाले नेता तथा पूर्वमन्त्री जाकिर हुसैन र प्रदेश सदस्यद्वय लश्करी अन्सारी, आबिद हुसेन र इत्तेहाद जिल्ला ईञ्चार्ज अफाक अहमदको विशेष पहलमा हिजो साँझ अबेरसम्म सहमति कायम गरिएको हो।

नेपाल मुस्लिम इत्तेहाद संगठन नेकपा एकीकृत मालेको भातृसंगठन हो। १९९१ मा नजीर मियाँको अध्यक्षतामा यसको स्थापना भएको थियो। यो नेपालमा पहिलो अर्द्ध राजनीतिक संगठन हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement