लङ्भ्यु चियाबारीमा श्रमिकहरूले हक र अधिकारको लागि गेट मिटिङ जारी

IMG-20240902-WA0170

खरसाङ: आफ्नो हक अनि अधिकारको निम्ति खरसाङको लङ्भ्यु चियाबारीमा गेट मिटिङ जारी रहेको जानकारी प्राप्त भएको छ। विगत केही दिनदेखि लंगभ्यु चियाबारीमा श्रमिकवर्गको रहल रकम साथै विगत वर्षको रहल बोनस झट्ट वितरण गर्नु पर्ने माग लिएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठनको गेट मिटिङ आज पनि जारी रह्यो। यस अवधिमा श्रमिकहरूले भोको पेट आन्दोलन साथै काम गर्न नसकिने भन्दै श्रमिकवर्गको बाँकी रहेको खर्च, स्टाफ र सब स्टाफको तलब झट्ट दिन पर्ने माग गर्दै चियाबारीको प्रबन्धकलाई अफिस कार्यालयमा बन्द गरिदिए साथै श्रमिकहरूले जबसम्म मालिक पक्षले रहल रकम भुक्तान गर्दैन तबसम्म चियाबारीमा काम नगर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ।

उक्त गेट मिटिङलाई सम्बोधन गर्दै खरसाङ महुकमा समिति श्रमिक संगठनको संयोजक साथै सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जनले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement