स्पेनिश ला लीगाः गत च्याम्पियन रियल म्याड्रिडको जीत

IMG-20240902-WA0132

म्याड्रिड: स्पेनिश ला लीगा फूटबलको नयाँ सीजनमा रियल म्याड्रिडले जीतको फर्मलाई जारी राख्यो। गत सीजनको च्याम्पियन रियल म्याड्रिडले आइतवार राति खेलिएको म्याचमा रियल बेटिसविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। यस म्याचमा रियल म्याड्रिडबाट खेल्दै ला लीगाको जारी सीजनमा फ्रान्सीसी फरवर्ड कीलियन एम्बाप्पेले पनि गोलको खाता खोले। आफ्नो होम ग्राउण्ड सेण्टियागो बर्नब्यू-मा रियल म्याड्रिडले ६० प्रतिशत पोजेशनको साथ खेल्दै दुवै गोल मध्यान्तरपछि हासिल गऱ्यो। एम्बाप्पेले ६७औं मिनटमा टीमको निम्ति पहिलो गोल गरे। त्यसपछि उनले ७५औं मिनटमा पेनल्टीबाट अझ एक गोल गरी होम टीमलाई जीत दिलाए। यस जीतपछि रियल म्याड्रिड ४ वटा म्याचमा ८ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा ला लीगा टेबलको दोस्रो स्थानमा रहन पुग्यो। यसरी अन्य एउटा म्याचमा गिरोनाले सेविलेलाई २-०-ले पराजित गऱ्यो। यस अवे म्याचमा गिरोनाबाट इवान मार्टिनले ४१औं र एबेल रुईजले ७३औं मिनटमा गोल गरे। यस जीतपछि गिरोनाले ७ पोइण्ट्सको साथ पाँचौं स्थान हासिल गऱ्यो। गोटाफे र रियल सोसिएदादबीच खेलिएको म्याच चाहिँ गोलरहित ड्र (०-०)-मा समाप्त भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement