बेलकोभामा जन्माष्टमीको अवसरमा दही हांडी प्रतियोगिता आयोजना

24958ed2-63da-4842-b9e4-834e357e0a84-1024x576

राजगञ्ज: भगवान श्रीकृष्णको जन्माष्टमीको अवसरमा आज बेलकोभामा दहीहंडी प्रतियोगिता आयोजना गरिएको छ। प्रत्येक वर्ष जस्तै यस वर्ष पनि राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायतअन्तर्गत मालीभितामा कृष्ण जन्माष्टमीको अष्टमंगला तिथीमा दहीहंडी प्रतियोगिता आयोजना गरिएको छ। यस दही-हांडी प्रतियोगितामा राजगञ्ज ब्लकका विभिन्न स्थानबाट धेरै टोलीले भाग लिएका थिए। दही हांडी प्रतियोगितासँगै विभिन्न खेलको पनि आयोजना गरिएको छ। प्रत्येक खेलका बिजेताहरुलाई पुरस्कृत समेत गरिएको थियो। यस सम्बन्धमा अन्य स्थानमा कृष्ण जन्माष्टमीको भोलिपल्ट दही-हांडी प्रतियोगिता हुने आयोजकले जानकारी दिए। हामी यो खेल कृष्ण जन्माष्टमी अष्टमंगला तिथीमा आयोजना गर्छौं। हाम्रो प्रतियोगिता १२औं वर्षमा प्रवेश गरेको छ। यस प्रतियोगितामा शिकारपुर क्षेत्र लगायत विभिन्न क्षेत्रका धेरै मानिसहरु आएर सहभागी हुने गर्दछन्।

About Author

Advertisement