एशियन हाइवे २ मा सामान बोकेको लरी अनियन्त्रित भई दुर्घटनाग्रस्त

cdd60a55-16d9-4b1f-be96-afa088642520-1024x576

नक्सलबारी: नक्सलबारीमा एशियन हाइवे २ मा एउटा कार्गो लरी अनियन्त्रित भई दुर्घटना भएको छ। आज बिहान लरी गाडीका पार्टपुर्जा बोकेर दिल्लीबाट आसाम जाँदै थियो। लरीले नियन्त्रण गुमाएपछि नक्सलबारीको बेनगाईजोत नजिकैको जलाशयमा पल्टिएको हो। पछि क्रेनको सहयोगमा लरीलाई निकालिएको थियो। यद्यपी घटनामा कुनै हताहतको खबर आएको छैन। घटनाको जानकारी पाएलगत्तै नक्सलबारी पुलिस थाना घटनास्थलमा पुगेर सम्पूर्ण घटनाको अनुसन्धान थालेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement