प्रधानमन्त्रीद्वारा पारालिम्पिकमा कांस्य पदक विजेता गोवर्धनलाई बधाई

IMG-20240901-WA0097

भद्रपुर: प्रधानमन्त्री केपी शर्मा ओलीले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउने पलेशा गोवर्धनलाई बधाई दिएका छन्। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट गोवर्धनलाई बधाई दिएको हो। पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गए राति सम्पन्न के-४४ वर्गअन्तर्गत महिला ५७ केजी मुनिको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कांस्य जितेकी छिन्। पारालिम्पिकमा पदक जित्ने उनि पहिलो नेपाली खेलाडी बनेकी छिन्।
पेरिस पारालिम्पिकस्अन्तर्गत पारा तेक्वान्दोमा नेपालकी पलेशा गोवद्र्धनले काँस्य पदक जितेर इतिहास सिर्जना गरेकी हुन्। पदक हात पारेसँगै पलेशा नेपाली खेलकुद इतिहासमा कुनै पनि विश्व प्रतियोगितामा पदक जित्ने पहिलो नेपाली खेलाडी बनिन्। उनिले सर्बियाकी मारिजा मिकेभलाई १५-८ ले पराजित गरेकी हुन्।
खेल सकिन १ मिनेट ५ सेकेन्ड समय बाँकी छँदा बराबरी रहेको प्रतिस्पर्धाको अन्तिम क्षणमा निकै आक्रामक रुपमा प्रस्तुत पलेशाले १५-८ ले मारिजालाई पराजित गरिन्।

About Author

Advertisement