बदोनी र प्रियांशको ब्याटद्वारा छक्का र रेकर्डहरूको वर्षा

IMG-20240901-WA0040

नयाँ दिल्ली: टी२० प्रारूपलाई ब्याटरहरूका निम्ति स्वर्ग अनि बलरहरूका निम्ति नर्क मानिन्छ। यो कुरा दिल्ली प्रीमियर लीग (डीपीएल)- मा शनिवार साबित भयो। यस टी२० टुर्नामेण्टमा आयुष बदोनीले साउथ दिल्ली सुपरस्टार्सबाट खेल्दै नर्थ दिल्ली स्ट्राईकर्सविरुद्ध केवल ५५ बलमा १६५ रन बनाए। यसरी उनको टीमले २० ओभरमा ५ विकेटमा ३०८ रनको विशाल स्कोर बनायो। बदोनीले आज १९ वटा छक्का र 8 वटा चौका लगाए। यस म्याचमा बदोनीको साथमा उनकै टीमका प्रियांश आर्यले पनि रेकर्ड बनाए। उनले लगातार ६ बलमा ६ छक्का लगाउनको साथै डीपीएल २०२४-मा पहिलो शतक पनि बनाए। साउथ दिल्लीको ईनिंग्सको १२औं ओभरमा प्रियांशले विपक्षी स्पिनर मनन भारद्वाजको बलिंगमा लगातार ६ वटा छक्का लगाए। म्याचमा बदोनीले टी२० क्रिकेटको एउटा ईनिंग्समा सर्वाधिक छक्काको रेकर्ड बनाए। यसअघि वेष्ट इण्डिजका क्रिस गेलले २०१७-मा बंग्लादेश प्रीमियर लीगमा रंगपुरबाट खेल्दै डायनामाइट्सविरुद्ध १८ वटा छक्का लगाएका थिए। यसरी साउथ दिल्लीले बनाएको ३०८ रन टी२० क्रिकेटको सातौं सबैभन्दा ठूलो स्कोर हो। यसबाहेक साउथ दिल्लीले म्याचमा जम्मा ५० वटा चौका र ३१ वटा छक्काको साथ पनि नयाँ रेकर्ड बनायो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement