होटलमा श्रीमान ब्दारा श्रीमतीको हत्या

IMG-20240901-WA0008

भद्रपुर: केहिदिन अघि हेटौंडा उपहानगरपालिका-१० स्थित रत्ना होटलमा मृत भेटिएकी २३ वर्षीय एलिशा न्यौपानेलाई उनकै श्रीमानले ह’त्या गरेका थिए। घट्नापछी एलिशाका भाईलाई म्यासेज गर्दै भनेका थिए: “बस अन्जानमा ज्यान गयो गल्तीले हात हालाहाल गर्दा। म यो कुराले पागल भइसकेँ। मलाई त्यो टाइम झलझल आँखामा आइराखेको छ। पहिले राम्रो कुरा भाको थ्यो। पछि पहिलेको कुरा निस्केर डिस्कस भयो। मुख छाडाछाड अनि दुवै जनाले हात हालाहाल भयो। उसले नि हान्यो मैले नि हानेँ। अनि हान्दा खेर ज्यान गयो। मैले कति उठाउन खोजेँ। तर ज्यान गइसकेको रहेछ। आइएम सरी भाइ । जे भए पनि मेरो हातबाट त गाको छ नि! मैले कहिले माफ पाउँदिन आफैंबाट। म आफैं चौकी पनि आउँदैछु। जे-जे सजाय भोग्नुपर्छ म भोग्छु। त्यो राम्रो वा नराम्रो जे थ्यो मेरो हातबाट त पाप भयो नि! म हेटौंडा आइराछु।” पहिल्यै विवाहित समिरले एलिशासँग दोस्रो विवाह गरेर बाहिरै राखेका थिए।

About Author

Advertisement