दाईजोका कारण नर्स ममता काफ्लेको हत्या

IMG-20240901-WA0093

भद्रपुर: अमेरिकामा कार्यरत नेपाली नर्स ममता काफ्लेको हत्या ‘दाईजो’का कारण भएको खुलासा भएको छ। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-६, नमोबुद्ध निवासी ममताका बुबा कमलले यसको खुलासा गरेका हुन।
ममताले कञ्चनपुरका नरेशदत्त भट्टसँग १०दिसंबर २०२० मा प्रेम विवाह गरेकी थिइन्। तर, नरेशको परिवारले विवाहमै दाईजोका नाममा बखेडा झिकेको थियो। नरेशका परिवारका सदस्यले दाइजो कम भएको भन्दै विवाद गरेका थिए।
यही विषयमा ६-७ महिनाअघि पनि नरेशकी आमा पार्वती भट्टसँग खटपट भएको कमलले बताएका छन्। ममताका मावली हजुरबुवा यज्ञप्रसाद तिमिल्सिनाले पनि ममता वेपत्ता र हत्या हुनुमा दाईजो प्रमुख कारण भएको जनाएका छन्। हत्यामा ममताका पति नरेशदत्त भट्ट र उनको परिवारको संलग्नता रहेको उनको दाबी छ।
ममता सुत्केरी भएका वेला स्याहार्न भनेर गएकी पार्वतीले नरेशको दिमागमा फेरी दाईजोको विष घोलेर उनीहरुको बीचमा झगडा उत्पन्न गराएको कमलको आरोप छ। यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा कार्यरत २८ वर्षीया ममता ३१ जुलाईदेखि बेपत्ता छिन्।
प्रहरीले ममताका पति ३७ वर्षीय नरेशलाई अमेरिकाको भर्जिनियास्थित मनासस पार्कबाट २२ अगस्तमा पक्राउ गरेको छ। २३ अगस्तमा उनलाई अदालतमा पेश गरिएको थियो। अदालतले उनलाई थुनामा राख्ने आदेश दिएको छ। अदालतले नरेश भाग्नसक्ने सम्भावना देखिएको र समाजकै लागि खतरा रहेको भन्दै धरौटीमा छोड्न मानेन।
अदालतमा पेश गरिएको कागजातमा ममताको हत्या नरेशकै घरको बेडरूममा भएको प्रमाण फेला परेको अमेरिकी प्रहरी अधिकारीले दाबी गरेका छन्। बेडरूम र बाथरूममा रगत देखिएकाले प्रहरीले कार्पेटलगायत सामान फरेन्सिक जाँचका लागि बरामद गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement