कालेबुङ: कालेबुङको देबाञ्जन शेयर गर्ल्स एकाडमीकी ४ जना खेलाड़ीलाई नेशनल च्याम्पियनशीपको निम्ति सिक्किमको अण्डर-१३ सब जूनियर गर्ल्स टीममा सामेल गरिएको छ। सब जूनियर गर्ल्स नेशनल च्याम्पियनशीपको आयोजन मध्य प्रदेशमा हुनेछ। यी चारजना खेलाड़ीको नाम आस्था सुब्बा, रिशिका सी. सिंह, श्रेयाञ्जली राई र स्वर्ण छेत्री रहेको छ।

उल्लेखनीय छ, देबाञ्जन शेयर गर्ल्स फूटबल एकाडमीले महिला फूटबलको सशक्तीकरणलाई मुख्य लक्ष्य बनाएर गत केही सालदेखि निरन्तर असल कार्य गर्दै आएको छ।