यूएस ओपन २०२४: दिग्गज नोवाक जोकोविचको अप्रत्याशित हार

IMG-20240831-WA0129

न्यूयोर्क: सर्बियाका दिग्गज खेलाड़ी नोवाक जोकोविच सालको अन्तिम ग्राण्ड स्ल्याम यूएस ओपन टेनिस टुर्नामेण्टको तेस्रो राउण्डमा अप्रत्याशित हारको सम्मुखीन भए। रेकर्ड २४ पल्टका ग्राण्ड स्ल्याम च्याम्पियन जोकोविचले अष्ट्रेलियाका २८औं वरीयता प्राप्त एलेक्सी पोपिरिनविरुद्ध हारको सामना गर्नु पऱ्यो। यसरी पूर्व नम्बर एक सर्बियाई खेलाड़ीले १८ सालमा पहिलोपल्ट यूएस ओपनको चौथो राउण्डमा स्थान बनाउन सकेनन्। जोकोविचले यस साल कुनै ग्राण्ड स्ल्याम जित्न सकेनन् अनि यस्तो २०१७ पछि पहिलोपल्ट भएको हो। जोकोविचभन्दा पहिला २०२२-को च्याम्पियन तथा तेस्रो वरीयता प्राप्त कार्लोस अल्काराज पनि टुर्नामेण्टको दोस्रो राउण्डमै बाहिर भएका थिए। यसरी १९७३-पछि पहिलोपल्ट यूएस ओपनमा दोस्रो र तेस्रो वरीयता प्राप्त खेलाड़ी एकल वर्गमा चौथो राउण्ड अघि नै बाहिर भए। जोकोविचले ग्राण्ड स्ल्याममा पहिलो दुईवटा सेट गुमाएपछि आठपल्ट पुनरागमन गर्दै म्याच जितेका छन् तर पोपिरिनविरुद्ध चाहिँ उनले त्यस प्रदर्शनलाई दोहोऱ्याउन सकेनन्। यसरी ३ घण्टा १९ मिनटसम्म चलेको म्याचमा जोकोविचले ४-६, ४-६, ६-२, ४-६-ले हारको सामना गर्नु पऱ्यो।
अष्ट्रेलियाई खेलाड़ी पोपिरिनले शुरुवातदेखि नै आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्दै म्याचलाई नियन्त्रणमा राखे अनि जोकोविचलाई दबाउमा राखेर पहिलो दुईवटा सेट सजिलै जिते। चारपल्टका यूएस च्याम्पियन जोकोविचले पनि तेस्रो सेटमा अष्ट्रेलियाई प्रतिद्वन्द्वीलाई कड़ा चुनौती दिए अनि तेस्रो सेट सजिलै आफ्नो नाम गरे। त्यस समय सर्बियाई दिग्गजले पुनरागमन गर्ने लागिरहेको थियो तर पोपिरिनले पनि आफ्नो जोशलाई शान्त हुन दिएनन्। उनले चौथो सेटमा फेरि जोकोविचलाई दबाउमा पारे अनि ६-४-ले चौथो सेटसहित म्याच जिते। जोकोविचले पेरिस ओलम्पिकमा स्वर्ण पदक जितेका थिए तर उनले त्यस फर्मलाई न्यूयोर्कमा कायम राख्न सकेनन्।

About Author

Advertisement