शेटराउ (पेरिस): टोक्यो खेलहरूमा स्वर्ण पदक विजेता भारतीय शूटर मनीष नरवालले पेरिस प्यारालम्पिकमा पुरुषहरूका १० मीटर एयर पिस्टल (एसएच१) स्पर्धामा कड़ा चुनौती पेश गर्दै रजत पदक जिते। टोक्योमा २२ वर्षीय नरवालले ५० मीटर पिस्टल स्पर्धामा स्वर्ण पदक जितेका थिए। यसपाली पनि उनले लामो समयसम्म बढ़त हासिल गरेका थिए तर पछिबाट लगातार खराब स्कोरले गर्दा उनी पछाड़िए अनि दक्षिण कोरियाका अनुभवी शूटर जो जोंगडूले बढ़त हासिल गरे। भारतीय पिस्टर शूटर शिवा नरवालका दाजु मनीष नरवालले २३४.९-को स्कोरसहित रजत पदक जिते। यसरी जोंगडूले २३७.४-को स्कोरसहित स्वर्ण पदक जिते।