भद्रपुर: नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले प्रमुख सचेतकमा गीता तिम्सिना चयन भएकी छन्।
प्रदेशसभा सचिवालय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले तिम्सिनालाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो।
माओवादीले दलको उपनेता भने चयन गरेको छैन। हालसम्म जिम्मेवारी बाँडफाँड नभएको भन्दै संसदीय दलका नेता इन्द्र आङ्बोको आलोचना हुँदै आएको थियो। कोशी प्रदेशसभाको दोस्रो कार्यकालमा माओवादी सत्ता पक्षमा रहेपनि शुक्रबारबाट भने प्रतिपक्षको बेन्चमा बसेको छ।