माउण्ट जिओन स्कूलसँग सुबोध फूटबल एकाडमीको साझेदारी

IMG-20240830-WA0143

सिलगढ़ी: स्तरीय फूटबल खेलाड़ीहरू तयार गर्ने लक्ष्यको साथ निरन्तरताको साथ काम गरिरहेको सुबोथ फूटबल एकाडमीले यसपाली अझ एउटा उपलब्धि हासिल गरेको छ। कालेबुङ जिल्लाअन्तर्गत मंगपंगमा माउण्ट जिओन ईंग्लिश बोर्डिंग स्कूलसँग सुबोथ फूटबल एकाडमीले आधिकारिक साझेदारीको घोषणा गरेको छ। यस साझेदारीको मुख्य उद्देश्य नै प्रतिभाशाली युवा फूटबलरहरूलाई सही मार्गदर्शन र शीर्ष स्तरका प्रशिक्षकहरूबाट प्रशिक्षण प्रदान गर्नु हो। यस साझेदारीअन्तर्गत रेसिडेन्सियल र नन रेसिडेन्सियल फूटबल एकाडमीको शुरुवात गरिनेछ, जहाँ खेलाड़ीहरूले सर्टिफाइड प्रशिक्षकहरूबाट प्रशिक्षण हासिल गर्न सक्नेछन्।

यस अवसरमा सुबोथ फूटबल एकाडमी र माउण्ट जिओन ईंग्लिश बोर्डिंग स्कूलबीच एउटा प्रदर्शनी म्याच पनि खेलियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement