भद्रपुर: स्वतन्त्र नाई संघको प्रथम केन्द्रीय अधिवेशन सम्पन्न भएको छ। स्वतन्त्र नाई संघ प्रथम केन्द्रीय अधिवेशनवाट अध्यक्ष गंगा ठाकुर हजाम सहित २१ जनाकाे केन्द्रीय समिति पदाधिकारी रहने गरि सर्वसम्मत समिति गठन गरिएको हाे। स्वतन्त्र नाई संघले नेपाल भरि रहेको नाई, ठाकुर, हजामको लागि काम गर्ने र निशुल्क रेटकार्ड र प्रमाणपत्र वितरण, अन्य हजाम र नाई सँग सम्बन्धित संघ संस्थाहरू भन्दा फरक,स्वतन्त्रता झल्काउने नयाँ पहिचानको रूपमा कामकाज गर्दै आएकाे छ। काठमांडू चाबहिल स्थित रहेको एवन पार्टी प्यालेसमा प्रथम केन्द्रीय अधिवेशन आयोजना गरि गंगा ठाकुर हजामकाे अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति विस्तार गरेकाे छ। प्रथम अधिवेशनवाट केन्द्रीय समितिमा वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार ठाकुर, केन्द्रीय उपाध्यक्ष कृष्ण ठाकुर हजाम, राम भरोस ठाकुर हजाम, सुदीप ठाकुर, छविलाल ठाकुर, केन्द्रीय महासचिव महादेव ठाकुर, केन्द्रीय उपमहासचिव श्री राम लखन ठाकुर, केन्द्रीय सचिव राजाराम ठाकुर, दीप नारायण ठाकुर,शिवनारायण ठाकुर,केन्द्रीय कोषाध्यक्ष अक्षयलाल ठाकुर, केन्द्रीय सदस्य कृष्णा ठाकुर, प्रमोद ठाकुर, उतिमलाल ठाकुर, संजय ठाकुर, सुरज ठाकुर र जगदेव ठाकुर सहित दुई जना महिला सदस्यलाई कार्यसमितिले मनाेनित हुने गरि कार्यसमिति निर्माण हुने गरि समिति गठन गरिएको छ। प्रथम अधिवेशन कार्यक्रममा संघकाे संस्थापक केन्द्रीय अध्यक्ष अजय ठाकुर (निराला) प्रमुख अतिथि, संघकाे संस्थापक महासचिव माेहन ठाकुर विशिष्ट अतिथि, विभिन्न नाई संगठन,सैलुनकर्मी तथा पार्लर व्यवसायी र शुभेच्छुक महानुभावहरूको उपस्थितिमा प्रथम अधिवेशन कार्यक्रम आयोजना गरि केन्द्रीय कार्यसमिति सर्वसम्मतले गठन गरिएकाे छ।