भद्रपुर: सुनसरीको कोशी गाउँपालिका वडा नम्वर ४ कोशी कटान क्षेत्रमा चट्याङ लाग्दा दुईजना घाइते भएका छन्। ति मध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ। बिहिवार साझ चट्याङ लाग्दा कोशी ४ बस्ने अन्दाजी ५० वर्षीय हदिश मियाँ र अख्तर मियाँ को छोरा १८ वर्षीय अक्रम मियाँ घाइते भएका छन्। कटानमा माछा मार्ने क्रममा चट्याङ लाग्दा घाइते भएका अक्रमको अवस्था गम्भीर रहेको छ। उनको सप्तकोशी न्यूरो अस्पताल भेन्टिलेटरमा उपचार भइरहेको छ।











