गान्तोक: दक्षिण सिक्किमको जोरथाङमा एक ६१ वर्षीय महिलासॅंग दुर्व्यवहार भएको घटना प्रकाशमा आएको छ। पीड़ित महिला बोल्न र सुन्न सक्दैनन्। पीड़ित महिलामाथि भएको दुर्व्यवहारको भिडियो समेत बनाएर सामाजिक सञ्जालमार्फत प्रचार प्रसार गरिएको बताइएको छ।
पुलिस रिपोर्ट अनुसार, यो घटना गत २६ अगस्त दिउॅंसो लगभग ३:३० बजी जोरथाङको एसएनटी कम्प्लेक्समा भएको हो। यस घटनाको सम्बन्धमा पीड़ित महिलाकी आफन्तले जोरथाङ पुलिस थानामा प्राथमिकी दर्ता गरे। प्राथमिकीमा उल्लेख गरिए अनुसार, २६ अगस्त दिउॅंसो एसएनटी कम्प्लेक्समा वृद्धासॅंग दुर्व्यवहार भयो। अनुचित तरिकाले वृद्धाको गुप्तांगहरूमा हात लगाइयो र यसको भिडियो बनाएर सोशियल मिडियामा अपलोड गरियो। भिडियो अपलोड भएपछि वृद्धा र उनको परिवारले अत्यधिक कष्ट झेल्नु परेको कुरा पीड़ित पक्षले आफ्नो शिकायतमा उल्लेख गरेको छ।
अर्कोतिर, पुलिसले यस घटनाको सम्बन्धमा बीएनएसको धारा ७५(१)(आई)/७९/२९६/३(५) र आईटी एक्ट, २००० अन्तर्गत मामिला दर्ता गरेर कानुनी कारबाही शुरू गरेको छ। पुलिसले चारजना विरुद्ध मामिला दर्ता गरेको छ भने एक १९ वर्षीय युवकलाई पक्राउ गरेको छ। रहल तीनजना नाबालिग रहेकाले उनीहरू विरुद्ध पनि कानुन अनुरूप कारबाही शुरू गरिएको छ।