विधायक एमएन शेर्पाले गरे पैह्रौग्रस्त क्षेत्रको निरीक्षण

IMG-20240829-WA0233

गान्तोक: सिक्किम विधानसभाका अध्यक्ष एवं दरामदिन निर्वाचन क्षेत्रका विधायक एमएन शेर्पा, जिल्लापाल धिराज सुवेदी, डीपीओ रजनी पेगा लगायत अन्य अधिकारीहरूले आज पैह्रौग्रस्त क्षेत्रको निरीक्षण गरे। भ्रमण गर्नुको प्रमुख लक्ष्य र उद्देश्य पैह्रौले सिक्ताममा पुऱ्याएको क्षतिबारे जायजा लिनु रहेको थियो। यस निरीक्षणको उद्देश्य शीघ्र सुरक्षा चिन्ताको हटाउन र भविष्यमा आपदा समवन्धि घटनालाई रोकथान गर्नु रहेको थियो। यसबाहेक, टोलीले सरकारी प्राथमिक विद्यालय सिक्तमको पनि भ्रमण गर्दै पञ्चायतहरूलाई विद्यालय परिसरको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित विभागहरूसँग सिमाना र सुरक्षा पर्खालहरूको समीक्षा गर्न निर्देशन दिइयो। यसका साथै टोलीले पैह्रौका कारण प्रभावित बनेका मानिसहरूलाई तत्काल राहत कार्यमा प्रतिबद्धता जनाउँदै अनुग्रह भुक्तानी र तिरपाल उपलब्ध गराएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement