सिलगढी: बुध बार भाजपाले आह्वान गरेको १२ घण्टाको बन्दमा डबग्राम-फुलबारी भाजपा विधायक शिखा च्याटर्जी, जलपाईगढी सांसद जयन्त राय र अन्य भाजपा कार्यकर्ताहरूमाथि हमला भएको आरोप छ। जसको विरोधमा भाजपाले बुधबार राति मशाल जुलुस निकालेको थियो। डबग्राम-फुलबारीका भाजपा विधायक शिखा च्याटर्जीले बुधबार तृणमूलले एनजेपी क्षेत्रमा हमला गरेको आरोप लगाए। सांसद जयन्त राय विधायकलाई भेट्न गएपछि सांसदमाथि पनि हमला भएको आरोप छ। शिखा च्याटर्जीले आरजी कर प्रकरणमा हमलाकारीलाई कारबाही र दोषीलाई फाँसीको माग गर्दै यो विरोध जुलुस निकालिएको बताइन्। बुधबार सिलगढीको घुगुमाली स्कूल अगाडिबाट शुरु भएको मशाल जुलुस आसिघर मोडमा समापन भएको थियो।