नावालकलाई यौन धन्धामा लगाउने पक्राउ

IMG-20240829-WA0003

झापा: नाबालिकालाई जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुली कमलामाईका ४२ वर्षीय राजु शाही छन्।
मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार उनीहरूले काठमांडू महानगरपालिका-३२, कोटेश्वरमा खाजाघर एण्ड गेष्ट हाउस खोलेका थिए। सो गेष्ट हाउसमा उनीहरूले बालिका तथा युवतीलाई जबरजस्ती यौन धन्दामा लगाउँदै आएका थिए। घटनास्थलबाट प्रहरीले पाँच बालिकालाई उद्धार गरेको छ।

About Author

Advertisement