झापा: झापाका सागर पौडेलको कतारमा निधन भएको छ। वैदेशिक रोजगारीका लागि डेढ वर्षअघि कतार गएका उनको शव नेपाल ल्याइसकिएको छ।
झापा बुद्धशान्ति-४ का ३५ वर्षीय पौडेलको उपचारका क्रममा कतारको सरकारी अस्पताल हमादमा निधन भएको थियो। उनी आज दाहसंस्कार हुनेछ।
लामो समयदेखि पेटको समस्याबाट ग्रसित पौडेल कतार आएको १५ दिनमै बिरामी परेका थिए। कतारमा रहुन्जेल इन्स्योरेन्स तथा हेल्थ कार्डमार्फत उपचार गराएका पौडेलको गत शनिकार निधन भएको हो।