जंगली बिरालोलाई चितुवा सम्झेर मानिसमा त्रास

IMG-20240717-WA0001

वन विभागले पत्ता लगायो रहस्य

सिलगढी: गत राति वार्ड नम्बर ४६ अन्तर्गतको श्रीगुरु विद्यामन्दिर स्कुल नजिकैको क्षेत्रमा चितुवा देखेको खबर आएपछि त्रसित भएको थियो। मानिसहरू डराए। घटनाको खबर पाएलगत्तै सरुगरा र बैकुन्थपुर वन विभागका कर्मचारी घटनास्थल पुगेका थिए। सोही क्रममा प्रधाननगर थानाका पुलिस पनि घटनास्थलमा पुगेका थिए। त्यसपछि वन विभागले चितुवा समात्न खोजी अभियान सुरु गरेको थियो। तर चितुवा भने कही फेला परेन। त्यसपछि दार्जिलिङ वन्यजन्तुको सुकना टोलीसहित वन्यजन्तुका लागि काम गर्ने संस्था स्न्यापका कार्यकारी निर्देशक कौस्तव चौधरी घटनास्थल पुगेका थिए। वन विभागको टोलीले उक्त क्षेत्रमा चितुवाको खुट्टाको छाप जाँच गर्दा त्यो जंगली बिरालोको खुट्टाको छाप भएको पाइएको थियो। त्यसपछि स्थानीयले राहतको सास फेरे। यस विषयमा स्न्यापका कार्यकारी निर्देशक कौस्तव चौधरीले राति चितुवा देखेको खबर आएपछि स्थानीयमा त्रासको वातावरण रहेको बताए। तर, जनावरको खुट्टाको छाप जाँच गर्दा यो जंगली बिरालो हो। यता सलुगरा रेन्जका रेन्जर सञ्जय राउतले चितुवाको खबर पाएलगत्तै सालुगडा र बैकुन्थपुर वन विभागको टोलीले खोजी अभियान सुरु गरेको बताए। तर पछि थाहा भयो कि मानिसहरूले चितुवा भनेको वास्तवमा जंगली बिरालो हो।

About Author

Advertisement