मुख्यमन्त्रीकाे केन्द्रिय कार्मिक, लोक शिकायत एवं पेन्शन राज्य मन्त्रीसॅंग भेट

n6284588891724868456598c2dac8e72ecd3a4bd9190b32d19ff97b8b5ce6eff3ed95c9fdd5b1d5733d761a

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नयॉं दिल्लीमा केन्द्रिय कार्मिक, लोक शिकायत एवं पेन्शन राज्य मन्त्री डा. जितेन्द्र सिंहसॅंग भेट गरे। उक्त जानकारी मुख्यमन्त्रीले आज आफ्नो सोशियल मिडिया ह्यान्डल फेसबुकमा दिएका छन्। मुख्यमन्त्री तामाङले केन्द्रिय राज्य मन्त्री डा. सिंहसॅंग भएको भेटप्रति खुशी व्यक्त गरेका छन्। यस भेट अवधि राज्यवासीहरूको कल्याणका साथै विभिन्न विषयहरूमाथि चर्चा भएको उनले जानकारी गराएका छन्। मुख्यमन्त्रीलाई यस भेटलाई दृष्टिकोणहरू साझा गर्ने र विभिन्न गुनासोहरू सम्बोधन गर्ने तरिकाहरू छलफल गर्न बहुमूल्य अवसर बताएका छन्।

About Author

Advertisement