मुख्यमन्त्रीले गरे नयॉं दिल्लीमा कार्यरत सिक्किम क्याडरका अधिकारीको निम्ति रात्रिभोजको आयोजना

n6284683461724869324520df36386ddbcdc105ba4a396655b08499160a7f50afef633240c20a0dc12b4eaf

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो नयॉं दिल्लीमा कार्यरत सिक्किम क्याडरका अधिकारीको निम्ति रात्रिभोजको आयोजना गरे। उक्त जानकारी मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमा दिएका छन्।मुख्यमन्त्री तामाङले गोविन्द मोहनलाई केन्द्रिय गृह सचिवको रूपमा नियुक्तिको निम्ति सिक्किमका जनताको तर्फबाट हार्दिक बधाई दिए। यसैगरी, उनले सबै अधिकारीहरूलाई उनीहरूका भावी प्रयासहरूका लागि शुभकामना व्यक्त गरे। अधिकारीहरूले राज्य र राष्ट्र दुवैको लागि आफ्नो उत्कृष्ट सेवा प्रदान गरिरहुन् भनी मुख्यमन्त्रीले कामना गरे।

About Author

Advertisement