इलेक्ट्रोनिक भोटिङ मेशिन सफलतापूर्वक सारिने कार्य पूरा

n6285327751724867472536469ffe5d99e6b932732cc8281a39e7f9cadad2a44b67e93cac330cb9010b3ef3

गेजिङ: गेजिङ जिल्लाको क्योङसा कन्या उच्चत्तर माध्यमिक विद्यालयबाट क्योङसाको वेयर हाउसमा इलेक्ट्रोनिक भोटिङ मेशिन आज सफलतापूर्वक सारिने कार्य पूरा भएको छ। गत अप्रेल महिनामा सम्पन्न भएको सिक्किम विधानसभाको चुनाउमा प्रयोग गरिएको ईभीएम क्योङसा विद्यालयमा सुरक्षित प्रकारले सील गरेर स्ट्रङरूपमा राखिएको थियो। भारतको चुनाउ आयोगको निर्देश बमोजिम आज ईभीएम वायेर हाउसमा सारिएको हो। ईभीएम सारिने प्रक्रियामा अतिरिक्त जिल्लापाल (मुख्यालय) रजनी शर्मा, अतिरिक्त जिल्लापाल अग्नी प्रसाद छेत्री, चुनाउ आयोगका उपसचिव लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। यी सबै प्रक्रिया सहजरूपमा र सफलतापूर्वक सम्पन्न भएको जानकारी गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement