तीज गीत प्रति प्रतिष्ठानकी अध्यक्षको आपत्ति

IMG-20240828-WA0278

भद्रपुर: लोकदोहोरी प्रतिष्ठानकी अध्यक्ष रिता थापाले तीजमा छाडा गीत गाउने र भिडियो बनाउनेलाई कार्यक्रममै झोक्किदै भनिन् – “निर्देशकज्युहरु तपाईहरुले कस्तो खालको गीत बनाइरहनु भएको छ? के खालको भिडियो बनाएको त्यस्तो? तिज गित के निस्क्या यस्तो? लाज लाग्दैन? भोलि तपाईको छोराछोरी, आमा, दिदीबहिनी र नातिनातिनाले हेर्दा तपाईलाई सर्म लाग्दैन? सेन्स हुदैन मान्छेको? गीत सुन्यो भिडियो ठिक छैन, सबै कुरा ठिक छ, शब्द ठिक छैन। बिष्णु माझीको गीत आउनु भन्दा अघि बजारमा तीजका ३०० गित आएका थिए। लोक सस्कृति प्रेमीहरुले कस्तो गीत पर्खिनु भएको रहेछ बुझ्नु भयो? बजारमा टर्च बालेर खोज्दा पनि राम्रा गीत भेटिंदैनन्।”

About Author

Advertisement