गान्तोक: सिक्किममा सुनुवार भाषाको शिक्षा प्रगतिमाथि तीन दिवसीय कार्यशाला आयोजन गरियो। उक्त कार्यशाला सिक्किम सुनुवार मुखिया कोइँचबुले भाषा शिक्षा निर्देशालयको सहकार्यमा आयोजना गरेको हो।गत २१ देखि २३ अगस्तसम्म चलेको कार्यशालाको समापन समारोहमा भाषा शाखाको संयुक्त निर्देशक प्रभाकर बिलाल मुख्य अतिथिको रुपमा उपस्थित थिए। यसै गरि भाषा शाखाकै उपनिदेशक श्रीमती सुधा राई विशिष्ट अतिथिको रुपमा रहेकी थिइन। अध्यक्षले स्वागत सम्बोधन राखेका थिए भने पाठ्य पुस्तक प्रभागकी एटीबीओ श्रीमती नैनाकला मुखियाले कार्यशालाबारे विस्तृत जानकारी गराइन्। कार्यशालाबारे भारती मुखियाले आफ्लो अनुभव साझा गरिन्।
कार्यशालामा सहभागीहरूलाई अतिथिहरूको हातबाट प्रमाणपत्र वितरण गरियो। कार्यशालाको मुख्य आकर्षण मुखिया भाषामा बनाइएको बाल गीतको प्रस्तुती रहेको थियो। आफ्नो सम्बोधनमा विशिष्ट अतिथि श्रीमती सुधा राईले भाषाको ज्ञानको आवश्यकता र समाजमा एकजुट भएर बस्नु पर्ने महत्वबारेमा बताइन। यसै गरि मुख्य अतिथि प्रभाकर विलालले विद्यार्थी, शिक्षक शिक्षिका बीचलो सम्बन्धमा हुनुपर्ने सुमधुरता र नानीहरूलाई प्रेरित गर्नु पर्ने आवश्यकताबारे बताए।
कार्यशालाको समापनको अन्तमा भाषा विकास यसको निम्ति आवश्यक प्रक्षेपबारे अन्तरक्रिया भयो। अतिथि र सहभागीहरूले भाग लिए।मातृभाषा समस्या र समाधानबारे चर्चा गरिएको थियो।