सिकन को ५९औं बोर्ड सभा सम्पन्न 

n6283833151724783242204f502ca4db04ec5518d5184d681580bffbcab379045d9591e2a91e7573571bc59

गान्तोक: सिक्किम राज्य सहकारी संघ (सिकन) को 59औं बोर्ड सभा आज संस्थानको आसम लिञ्जेस्थित कार्यालयमा सम्पन्न भयो। यस सभा आयोजना गरिनुको मुख्य उद्देश्य सिकनको बोर्ड अध्यक्ष र उपाध्यक्ष चयन गर्नु र नवगठित बोर्ड सदस्यहरुलाई लिएर कार्यकारिणी समिति गठन गर्न रहेको थियो।

आज बसेको सभामा संस्थाका सदस्यहरूले सर्वसम्मतिले डा. मंगलजित राईलाई अध्यक्षको पदमा चयनित गऱ्यो र उपाध्यक्षको पदमा पूर्ण प्रसाद शर्मालाई चयनित गरेको छ। यसरी नै संगठनभित्र उपसमिति लगायत कार्यकारी निर्देशक र कार्यकारी समिति गठन गर्ने प्रक्रियालाई अघि बढाएको छ।

सभालाई सम्बोधन गर्दै डा. मंगलजित राईले आफूलाई संस्थानको यस गरिमामय पदमा चयनित गरेकोमा कृतज्ञता प्रकट गरे। उनले दिगो विकास र प्रगति हासिल गर्न एकता र सामूहिक प्रयासको महत्त्वलाई जोड दिँदै सुनौलो र समृद्ध सिक्किमलाई अघि बढाउन साझा लक्ष्यमा मिलेर काम गर्न सबै सदस्यहरूलाई आह्वान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement