सुदीपले जन्मदिनमा बिपन्न परिवारलाई गरे सहयोग

IMG-20240827-WA0079

भद्रपुर: आफ्नो जन्मदिनको अवसरमा झापा गाउँपालिका-६ शरणामती निवासी सुदिप बस्नेतले विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन्। उनले सो वडाको बालुबथान बस्ने सुमित्रा मुर्मुलाई खाद्यान्न सहयोग गरेका हुन्।
मुर्मु लामो समयदेखि बिरामी समेत रहेकी छन। बस्नेतले मुर्मु परिवारलाई एक बोरा चामल,तीन केजी दाल, एक केजी नुन र तीन लिटर तेल सहयोग गरेका हुन्।बस्नेतले जन्मदिनकै दिन बिर्तामोड स्थित बृद्धआश्रममा समेत दुई बोरा चामल, दश केजी स्याउ, दस केजी तेल, पाँच केजी सर्फ र जुस बितरण गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement