रथखोला नवीन संघको सर्वजनिक दुर्गा पूजा खुन्टी पूजाबाट शुरु

IMG-20240825-WA0201

 सिलगढी: सिलगढीको रथखोला नवीन संघको सर्वजनीन दुर्गा पूजा आजदेखि खुन्टी पूजाको साथ शुरु भएको छ। आजदेखि पण्डल बनाउने तयारी शुरु भएको छ। पुजारीले आज वैदिक मन्त्रोच्चार गरी पूजा गरेका थिए। सो अवसरमा पूजा समितिका सचिव जयदीप दास, अध्यक्ष कृष्ण दासलगायत क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो। सो अवसरमा वार्ड नम्बर २२ का पार्षद दीप्त कर्माकर, प्रख्यात समाजसेवी धिमान बोसलगायत समितिका अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो। यस वर्षको पुजाको विषय जीवन दिने रुख रहेको छ। जनतालाई पर्यावरण बचाउ, समाज बचाउको सन्देश दिइनेछ। यसपटक अलि फरक तरिकाले पूजा गर्न लागेको नवीन संघ पूजा समितिका सचिव जयदीप दासले बताए। उनले भने, ‘हामीले पूजाको थिममा पर्यावरण संरक्षणको सन्देश दिएका छौं। हरेक वर्ष मण्डप मार्फत सामाजिक सन्देश दिन्छौं।‘ उनले क्लब दिवसको अवसरमा कराते तालिम लिने तीन जना खेलाडीलाई सम्मान गरिएको बताएl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement