गोरामुमोद्वारा खरसाङको रोहिणी गेटदेखि सिमलबाडीसम्म लगाए कालो झण्डा

IMG-20240825-WA0209

खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाद्वारा कालो झण्डा लगाउने कार्यलाई तीब्रता दिन्दै आज गोरामुमोद्वारा खरसाङको रोहिणी गेटदेखि सिमलबाडीलम्म कालो झण्डा लगाउने कार्य सम्पन्न गरिएको छ। गोरामुमो खरसाङ ब्राञ्च कमिटीको अध्यक्ष निमा लामाको नेतृत्वमा गोर्खाहरु खुशी छैनन् र भारत सरकार न्याय देउ भन्ने नाराको साथमा खरसाङको रोहिणी गेटदेखि सिमलबाडीसम्म कालो झण्डा लगाउने कार्य सम्पन्न गरिएको गोरामुमोको ट्रेड युनियन एचपीडब्ल्युयुको खरसाङ ब्राञ्च कमिटीको सचिव बिरेन्द्र छेत्रीले जानकारी दिएका छन्।

उक्त कालो झण्डा लगाउने कार्य विषयमा पत्रकारहरूलाई सम्बोधन गर्दै आज बलिदान दिवस शहीद मेजर दुर्गा मल्लको पुण्य तिथिलाई स्मरण गर्दै शहीद मेजर दुर्गा मल्लको देशप्रतिको माया अनि सम्मानलाई स्मरण गर्दै उनले भारत स्वतन्त्र हुनमा वीर गोर्खे छोराको योगदान अनि बलिदानलाई अब भारत सरकारले सम्मान जनाउँदै पहाड तराई अनि डुवर्सका जनतालाई न्याय दिनुपर्छ भनी बताएका छन्। उनले भारत स्वतन्त्र हुनुमा यस्ता कयौं वीर गोर्खाहरुले आफ्नो प्राणको आहुती दिएका छन्। आफ्नो जाति र माटोको उन्मुक्तिको निम्ति लड्दै गोर्खाहरु शहीद बने। तर हामीले कहिले न्याय पाउने? देशको सिमा सुरक्षा गर्दै गोर्खाहरुले आजको दिनसम्म बलिदान दिएका छन् भनी बताएका छन्। गोर्खाहरूले दिएको बलिदानले सम्मान कहिले गर्ने भारत सरकारले भनी प्रश्न गर्दै बिरेन्द्र छेत्रीले भने, राष्ट्रिय राजनीतिमा पनि गोर्खाहरुको अनेकौं योगदानहरु छन्। आफ्नो हक, अधिकार अनि न्याय खोज्दै केन्द्रमा रहेको सरकारहरुलाई सघाउँदै आएका छन्। केन्द्रमा रहेको बीजेपी सरकारलाई सघाएको पनि बीस वर्षमा टेकिसकेको छ। पहाड तराई अनि डुवर्सका जनताले आफ्नो बहुमुल्य भोट दिएर एउटा संवैधानिक अधिकार अनि संवैधानिक व्यवस्था होस् भन्ने चाहाना हो तर आजको दिनसम्म भारत सरकार बोल्दैन। अब पहाड तराई अनि डुवर्सका जनता एक भएर अघि आउनुपर्छ। पहाड तराई अनि डुवर्सको जनता नङ मासुझैं मिलेर बस्ने अन्य समुदायहरुको निम्ति पनि आफ्नो पार्टीको झण्डालाई केही समयको निम्ति पर सारेर स्वाभिमानी गोर्खा भएर पार्टी अध्यक्ष मन घिसिङ अघि आएको छ।’

अब हामी सबै एउटै आवाज बनेर न्यायको निम्ति कालो झण्डा लगाएर हामी खुसी छैनौ भन्दै अघि आउनुपर्छ भनी बिरेन्द्र छेत्रीले अपिल समेत गरेका छन्।

About Author

Advertisement