पोखरीमा नुहाउने क्रममा १२ वर्षीया बालिकाको डुबेर मृत्यु

IMG-20240629-WA0057-copy-11

जलपाईगढी: धुपागढीको गाडोङ क्षेत्रमा पोखरीमा नुहाउने क्रममा १२ वर्षीया बालिकाको डुबेर मृत्यु भएको छ। मृतक बालिका फरिजुल हककी छोरी बताइएको छ। स्थानीय स्रोतका अनुसार बालिका आज बिहान पोखरीमा नुहाउन गएकी थिइन्। केही बेरपछि स्थानीयले पोखरीमा डुबेको देखेपछि कराउन थाले। खबर पाएलगत्तै गाउँलेहरु दौडिएर उद्धार कार्य शुरु गरे। आधा घण्टाको प्रयासपछि बालिकालाई पोखरीबाट बाहिर निकालेर धुपगुरी उपजिल्ला अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। गाउँमा काम नहुँदा उनी सिक्किममा बस्छन्। युवती गाउँमा दाजु र आमासँग बस्दै आएकी थिइन्। यो दुखद घटनाले सम्पूर्ण क्षेत्र शोकमा डुबेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement