निकोलस पूरनको विध्वंशी ब्याटिंगले वेष्ट इण्डिज ७ विकेटले विजयी

IMG-20240824-WA0190

त्रिनिदाद: आयोजक वेष्ट इण्डिजले पहिलो टी२० इण्टरनेशनल क्रिकेट म्याचमा दक्षिण अफ्रिकालाई ७ विकटले पराजित गऱ्यो। ब्रायन लारा स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर १७४ रनको चुनौतीपूर्ण स्कोर बनायो। त्यसपछि वेष्ट इण्डिजले १७.५ ओभरमै ३ विकेटमा १७६ रन बनाएर म्याच जित्यो। यस जीतको साथै वेष्ट इण्डिजले ३ वटा म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। वेष्ट इण्डिजलाई सजिलै जीत दिलाउनमा विकेटकीपर ब्याटर निकोलस पूरनको महत्त्वपूर्ण भूमिका रह्यो।उनले २६ बलमा ७ वटा छक्का र २ वटा चौकाको साथ अविजित ६५ रन बनाए। पूरनलाई प्लेयर अव् द म्याच चयन गरियो। वेष्ट इण्डिजलाई एलिक अथानाज र साई होपको जोड़ीले असल शुरुवात दिलायो। यी दुईले पहिलो विकेटको निम्ति ४८ बलमा ८४ रनको पार्टनरशीप गरे। अथानाजले ४० र होपले ५१ रन बनाए। त्यसपछि पूरनले विध्वंशी मिजासमा खेल्दै टीमलाई सजिलै जीत दिलाए। दक्षिण अफ्रिकी बलरहरूमा ओट्नेल बार्टम्यानले २ विकेट लिए। यसअघि पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाको शुरुवात खराब रह्यो अनि ४२ रनसम्म ५ विकेटको पतन भइसकेको थियो। त्यहाँबाट ट्रिस्टन स्टब्सले ७६ रन बनाएर टीमलाई असल स्कोरसम्म पुऱ्याए। उनले ४२ बल खेलेर ८ वटा चौका र ३ वटा छक्का लगाए। स्टब्सले पेट्रिक क्रूगर (४४ रन)-सँग मिलेर छैटौं विकेटको निम्ति ७१ रनको पार्टनरशीप गरे। क्रूगरले ३२ बल खेलेर ४ वटा चौका र २ वटा छक्का लगाए। वेष्ट इण्डिजका बलरहरूमा म्याथ्यू फोर्डले सर्वाधिक ३ विकेट हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement