इलामेली चेली साहसिक सवारी चालक

IMG-20240824-WA0192

झापा: १९ वर्षकी छेकी शेर्पाले इलामको कच्ची सडकमा यात्रु र सामान बोक्ने बोलेरो जिप चलाउँछिन्। पहाडका अप्ठ्यारो सडकहरूमा गाडी चलाउन जो कोहीले हिम्मत नगर्ने भए पनि छेकीले सरल तरिकाले सवारी चलाउँछिन्, जसले गर्दा यात्रुहरूले उनको गाडी रोज्न थालेका छन्। बुवाको प्रेरणामा गाडी चलाउन थालेकी छेकीले बर्खायाममा मासिक ३० हजार रुपैयाँ र हिउँदमा एक लाखसम्म कमाउने गर्छिन्। उनले गाडी चलाएर बहिनीलाई डाक्टर बनाउने सपना राखेकी छन्।

About Author

Advertisement