गौरीगञ्जमा भेटियो ७० वर्षीय मण्डलको कुहिएको शव

IMG-20240824-WA0187
झापा: झापाको गौरीगञ्जमा एक बृद्धको कुहिएको अवस्थामा शव फेला परेको छ।
गौरीगञ्ज गाउँपालिका ३ कृपाल टोलका राजेश सरवरिया मण्डलको घरमा बस्दै आएका ७० वर्षीय दयानन्द सरवरिया मण्डलको शव फेला परेको हो। घरको पूर्वपट्टि कदमको रुखमुनि रहेको ट्युवेलमा मण्डल मृत अवस्थामा फेला परेका हुन्।
उनको शव किरा परेर गन्हाउने अवस्थामा देखेर स्थानीयले आज बिहान ८ः४५ बजे इलाका प्रहरी कार्यालय गौरीगञ्जमा खबर गरेका थिए। ४-५ दिन अगाडी मण्डलको मृत्यु भएको हुनसक्ने शवको स्थितिबाट देखिएको छ। मण्डल दिनहुँ रक्सी खाएर हिड्ने गरेको स्थानीयले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement