राष्ट्रपति अनि उप-राष्ट्रपतिसँग राज्यपालको शिष्टाचार भेट

IMG-20240823-WA0289

नयाँ दिल्ली: नयाँ दिल्लीको भ्रमणमा रहेका राज्यपाल ओम प्रकाश माथुरले आज राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर। राष्ट्रपति भवन पुगेर राज्यपाल माथुरले आफूलाई दिइएको दायित्वका लागि आभार प्रकट गरे। यस अवसरमा राष्ट्रपतिले राज्यपाल माथुरलाई देशको सम्विधान उपहार पनि दिइन्‌। अर्कोति, राज्यपालले आज उप-राष्ट्रपति जगदीप धनखड़सँग पनि भेट गरे। यस सौहार्दपूर्ण भेट अवधि राज्यपाल अनि उपराष्ट्रपतिले एक अर्कालाई अभिवादन व्यक्त गर्दै शुभकामना दिए।

यस भेटवार्ताअवधि सिक्किम राज्यको विकास अनि अन्य विभिन्न विषयमाथि चर्चा परिचर्चा भयो भने सिक्किमका विभिन्न दीर्घकालीन मागहरूबारे पनि राज्यपालले उप राष्ट्रपतिको ध्यानाकर्षण गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement