आरजी कर प्रकरणलाई लिएर बागडोग्रा थानामा भाजपाको विरोध कार्यक्रम

Capture6-9

बागडोग्रा: बागडोग्रा मण्डल बीजेपीले आरजी कर मुद्दामा मुख्यमन्त्रीको राजीनामा माग गर्दै बागडोग्रा पुलिस स्टेशनमा प्रदर्शन गरेको छ। भाजपा जिल्ला महासचिव लक्ष्मी शर्माको नेतृत्वमा भाजपा कार्यकर्ताले र्‍याली निकालेर पुलिस थाना पुगेका छन्। भाजपा कार्यकर्ताहरू पुलिस थाना अगाडि बसेर मुख्यमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए। सो क्रममा बीजेपी नेता सजलकान्ति सरकार, मण्डल अध्यक्ष शिष्णु ओराव, सिद्धार्थ गुरुङलगायतको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement