राष्ट्रिय राजमार्ग १० मा यातायात पुन: शुरु

IMG-20240823-WA0181

गान्तोक: पश्चिम बंगाल-सिक्किमको लाइफलाइन नम्बर १० राष्ट्रिय राजमार्ग अन्ततः फेरि खोलियो। तर, अहिले ठूला सवा साधनलाई आवतजावतमा रोक लगाइएको छ। राष्ट्रिय राजमार्गमा साना सवारीसाधन, यात्रुवाहक कार र बस मात्र चल्नेछन्। ठूला मालबाहक सवारीसाधनलाई पहिले जस्तै वैकल्पिक मार्ग प्रयोग गर्न निर्देशन दिइएको छ।

बिहीबार सार्वजनिक निर्माण विभागले राष्ट्रिय राजमार्गमा साना सवारीसाधन चलाउन जिल्ला प्रशासनलाई हरियो संकेत दिएको छ। त्यसैगरी कालेबुङ जिल्ला प्रशासनले शुक्रबारदेखि राष्ट्रिय राजमार्गमा साना सवारी साधन चलाउन र सवारीसाधन नियन्त्रण गर्न निर्देशन दिएको छ। त्यसपछि आज बिहानैदेखि सो सडकमा हल्का आवतजावत शुरु भएको हो। राष्ट्रिय राजमार्ग खुलेपछि पर्यटन क्षेत्रका सर्वसाधारणलाई राहत पुगेको छ।

About Author

Advertisement