लुसाने: पेरिस ओलम्पिकमा रजत पदक विजेता नीरज चोपड़ाले आफ्नो छैटौं तथा अन्तिम प्रयासमा ८९.४९ मीटरको थ्रो गरी लुसाने डायमण्ड लीगमा दोस्रो स्थान प्राप्त गरे। ग्रेनाडाका एण्डरसन पीटर्सले ९०.६१ मीटरको आफ्नो सर्वश्रेष्ठ थ्रो र जर्मनीका जूलियन वेबरले ८८.३७ मीटरको आफ्नो सर्वश्रेष्ठ थ्रो-को साथ क्रमशः पहिलो र तेस्रो स्थान हासिल गरे। यो नीरजको सीजनको सर्वश्रेष्ठ अनि अहिलेसम्मको दोस्रो सर्वश्रेष्ठ थ्रो थियो। उनले पेरिस ओलम्पिकमा ८९.४५ मीटरको थ्रो गरी रजत पदक जितेका थिए। चौथो राउण्डको समाप्तिसम्म नीरज चौथो स्थानमा थिए तर पाँचौं थ्रो-मा उनले ८५.४९ मीटरको दूरी तय गर्नमा सफलता हासिल गरे अनि शीर्ष तीनमा सामेल भए। यसको साथै उनी डायमण्ड लीग २०२४-को फाइनलमा पुगे, जसको आयोजन आउँदो महिना ब्रुसेल्समा हुनेछ। चौथो स्थान युक्रेनका आर्टुर फेलनरले हासिल गरे। उनको सर्वश्रेष्ठ थ्रो ८३.३८ मीटरको रह्यो।