डीबी गुरुङ दोस्रोपल्ट एसबीएसका अध्यक्ष

IMG-20240823-WA0290

गान्तोक: लगातार दोस्रोपल्ट सिक्किम राज्य ब्याङ्क (एसबीएस) का अध्यक्ष चुनिएका डीबी गुरुङले आजदेखि आफ्नो पदभार ग्रहण गरेका छन्। उल्लेखनीय छ, सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको नेतृत्वमा रहेको पहिलो सरकारकालमा पनि उनलाई सिक्किम राज्य ब्याङ्कको अध्यक्षको नियुक्त गरिएको थियो। यसपल्ट सरकारले उनलाई क्याबिनेट सदस्यको दर्जासहित अध्यक्ष नियुक्त गरेको छ।
गुरुङले आज गान्तोकस्थित सिक्किम राज्य ब्याङ्कको मुख्यालयमा पुगेर पदभार सम्हाले। उनलाई ब्याङ्कका प्रबन्धन निर्देशक पी वाङ्दी भोटिया लगायत अन्यले खादा माला लगाएर स्वागत जनाउँदै बधाई एवं शुभकामना दिए। आफूमाथि विश्वास गरेर पुनः दोस्रोपल्ट यो जिम्मेवारी प्रदान गरेकोमा अध्यक्ष गुरूङले मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति कृतज्ञता व्यक्त गर्दै धन्यवाद दिए।

About Author

Advertisement