आउँदो साल ईंग्ल्याण्डविरुद्ध हुने टेस्ट सीरीजको शेड्यूल जारी गऱ्यो बीसीसीआई-ले

IMG-20240822-WA0288

मुम्बई: आउँदो साल ईंग्ल्याण्ड यात्राको अवधि भारतले खेल्ने टेस्ट सीरीजको शेड्यूल बिहीवार घोषणा गरियो। सीरीजको पहिलो टेस्ट म्याच २० जूनदेखि लीड्सको हेडिंग्लेमा खेलिनेछ। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले आफ्नो आधिकारिक सोशल मीडिया पेजमा कार्यक्रमको घोषणा गऱ्यो। पाँचवटा टेस्ट म्याचको सीरीजको दोस्रो टेस्ट २-६ जुलाईसम्म हुनेछ जबकि तेस्रो टेस्ट म्याच १०-१४ जुलाईसम्म लण्डनको प्रतिष्ठित लर्ड्स स्टेडियममा हुनेछ। चौथो टेस्ट म्याच २३-२७ जुलाईसम्म म्यानचेष्टरको ओल्ड ट्रेफर्डमा हुनेछ। यसरी पाँचौं तथा अन्तिम टेस्ट म्याच ३१ जुलाईदेखि ४ अगस्तसम्म लण्डनको द ओवलमा खेलिनेछ। सीरीज भारतको निम्ति महत्त्वपूर्ण हुनेछ कारण भारतले २००७ पछि ईंग्ल्याण्डविरुद्ध उनीहरूको माटोमा कुनै सीरीज जितेको छैन। त्यस समय राहुल द्रविड़को कप्तानीमा भारतले १-०-ले सीरीज जितेको थियो। यसबाहेक भारत र ईंग्ल्याण्डबीच सीरीज आईसीसी विश्व टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) २०२५-२७ चक्रको हिस्सा पनि हुनेछ। भारतले ईंग्ल्याण्डमा खेलेको गत सीरीज २-२-को बराबरीमा समाप्त भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement