गान्तोक: सीमा सशस्त्र बल सिलगढी फ्रण्टियर मुख्यालयका इन्सपेक्टर जनरल सुधिर कुमारले आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उनको सरकारी निवास मिन्तोगाङमा भेट गरे। भेटको क्रममा मुख्यमन्त्री तामाङ अनि आइजी सुधिर कुमारबीच सीमासँग सम्बद्ध गम्भीर विषयहरूमा छलफल गरे। भेटघाटमा वर्तमान सीमा क्षेत्र अवस्था लगायत अन्य विषयमा पनि कुराकानी गरेको बताइएको छ। छलफलमा समन्वय र प्रभावकारितामा सुधार गर्ने उद्देश्यले हालैका घटनाक्रम र पहलहरूको समीक्षा पनि समावेश थियो। भेटको क्रममा इन्सपेक्टर जनरलसँग डीआइजी बलवान सिंह लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए।