नाम्ची जिल्लाका पार्षद अनि पञ्चायतहरूलाई लिएर समन्वय सभा

IMG-20240822-WA0284

नाम्ची: नाम्ची जिल्लाका पञ्चायत र पार्षदहरूलाई लिएर एक समन्वय सभा आयोजना गरियो। उक्त अवसरमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्णा राई, जिल्ला अध्यक्ष अञ्जिता राजालिम, नाम्ची नगर निगमकी उपाध्यक्ष सावित्री तामाङ लगायत विभिन्न विभागका प्रमुख, खण्ड विकास अधिकारी लगायत लाइन विभागका अधिकारीहरू पनि सामेल रहेका थिए। बैठकमा स्थानीयहरूले भोग्नुपरेका चुनौतिहरुबारे छलफल गर्न साथै नाम्ची जिल्लाको सर्वाङ्गीण विकासका लागि अन्यहरूबाट पनि सुझाउ साथै विचार ग्रहण गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीका धर्मपत्नी कृष्णा राईले यसरी कार्यक्रममा सक्रिय रूपमा सहभागिता जनाएकोमा कृतज्ञता प्रकट गरिन्। उनले सरकारको दोस्रो कार्यकालको ऐतिहासिक जितमा योगदान पुर्यातउने र मुख्यमन्त्रीका प्रतिबद्धतामा जनताको अटल समर्थन र विश्वासको निम्ति प्रशंसा गरिन्।
उनले ‘टिम नाम्ची’ को ब्यानरमा सामूहिक प्रयासलाई ‘सुनौलो सिक्किम’ को दर्शनतर्फ निर्वाचन क्षेत्रलाई अघि बढाउन प्रोत्साहित गरिन्। उनले शहरी विकास तथा खाद्य तथा नागरिक आपूर्ति मन्त्री भोजराज राईले जनताको समस्यालाई सम्बोधन गर्न नाम्ची बजारको हालै गरेको निरीक्षणमा खुशी प्रकट गरेकी छन्। यसका साथै उनले नेपाली र अङ्ग्रेजी दुवै भाषामा अधिसूचनाहरू जारी गर्ने र नेपाली अनुवादकहरूका लागि नयाँ अवसर सिर्जना गर्ने उल्लेख गर्दै राज्य सरकारका नयाँ नीतिहरूमाथि प्रकाश पारिन्। साथै, उनले मुख्यमन्त्रीको निर्देशनमा ‘आमा योजना’ र घर बढोत्तरीको निम्ति चेक वितरण गरिने घोषणा गरिन्।
यसै क्रममा टाशी दोर्जी तामाङले यस समन्वय बैठकको महत्वबारे बोल्दै निर्वाचन क्षेत्रको विकासमा आफ्नो भूमिकालाई जोड दिँदै राज्यको प्रगतिमा मुख्यमन्त्रीको समर्पणको प्रशंसा गरे। यस अवसरमा नाम्ची जिल्लाका विभिन्न संघसंस्थाबाट कृष्णा राईलाई सम्मान जनाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement