काेलकत्ता: आरजी कर घटनालाई केन्द्र गरी भइरहेको विरोध प्रदर्शनलाई ध्यानमा राखेर डुराण्ड कपको डर्बी म्याच सुरक्षा कारणहरूले गर्दा गत आइतवार रद्द गरिएको थियो। म्याच रद्द भएपछि ईष्ट बेंगल फुटबल क्लब र मोहन बागान एथलेटिक क्लबका हजारौं समर्थकहरूले विवेकानन्द युवा भारती क्रीड़ांगण अघि अबेर रातिसम्म विरोध प्रदर्शन गरेका थिए। स्थिति नियन्त्रणमा ल्याउन ठूलो संख्यामा पुलिस बल तैनाथ गरिएको थियो। यसपाली बिहीवार डुराण्ड कपको आयोजक समितिले एक विज्ञप्ति जारी गर्दै म्याच आयोजना गर्न राज्य सरकारबाट पर्याप्त पुलिस बल दिने आश्वासन पाएपछि बेंगलुरु एफसी र केरला ब्लास्टर्सबीच २३ अगस्तमा हुने अन्तिम क्वार्टर फाइनल म्याच काेलकत्तामा आयोजना गरिने जानकारी दिएको छ। म्याच विवेकानन्द युवा भारती क्रीड़ांगणमा गर्ने निर्णय लिइएको छ। यससँगै २५ र २७ अगस्तमा हुने दुवै सेमिफाइनल र ३१ अगस्तमा हुने फाइनल म्याच पनि काेलकत्तामा आयोजना गरिनेछ।