‘स्त्री-२’ काे बक्स अफिसमा धमाका

MV5BMTA1NmUxYzItZmVmNy00YmQxLTk4Y2UtZjVkMWUwMWQ5N2IxXkEyXkFqcGc@._V1_QL75_UY281_CR18,0,190,281_

पहिलो साता नै ४ सय करोड पार

नयाँ दिल्ली: फिल्म ‘स्त्री २’ रिलिज भएपछि यसले पहिलो हप्तामै विश्वव्यापी रूपमा ४०१ करोड रुपियाँ कमाएको छ। निर्माताहरूले बिहीबार यो जानकारी दिए। ‘म्याडक फिल्म्स’को ब्यानरमा निर्माण भएको फिल्मलाई अमर कौशिकले निर्देशन गरेका हुन्। राजकुमार राव र श्रद्धा कपूर अभिनित फिल्म १५ अगस्टमा हलमा रिलिज भएको थियो। यो सन् २०१८ मा रिलिज भएको ‘स्त्री’ को सिक्वेल हो। यसमा अभिषेक बनर्जी, पंकज त्रिपाठी र अपारशक्ति खुराना जस्ता कलाकारहरुको पनि अभिनय रहेको छ। निर्माण कम्पनी ‘म्याडक फिल्म्स’का अनुसार फिल्मले एक हप्तामा भारतमा ३४२ करोड र विदेशमा ५९ करोड (ग्रस) कमाएको छ। कम्पनीले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा आफ्नो आधिकारिक खातामा लेखेको छ, ‘स्ट्री-२’ ले भारतको बक्स अफिसमा २८९.६ करोड रुपियाँ कमाएको छ।’… श्रोताहरू, तपाईंको मायाको लागि धन्यवाद।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement