बोर्डिङ गेट नजिकैको पसलमा राखिएको कैंची हराएपछि जापानी विमानस्थलमा ३६ उडान रद्द र २०१ उडान ढिलाइ भएको छ। जसका कारण गत शनिबार बिहान होक्काइडोको न्यु चितोसे विमानस्थलको आन्तरिक टर्मिनलको सुरक्षा जाँच दुई घण्टाका लागि स्थगित भएको थियो। जसका कारण सयौं यात्रु अलपत्र परेका थिए। प्रस्थान लाउन्जमा उपस्थित यात्रुहरूलाई फेरि सुरक्षा जाँच गर्न भनियो र यसले त्यहाँ लामो लाइनहरू निम्त्यायो। अधिकारीहरूले बेपत्ता कैंची पत्ता लगाउन प्रयास गरे तर फेला पार्न सकेनन्। तर, भोलिपल्ट सोही पसलमा भेटियो। जसका कारण जापानको वार्षिक बोन पर्व मनाएर स्वदेश फर्कने यात्रुले निकै समस्या भोग्नुपरेको छ। यी यात्रुहरूमध्ये एकले भने, ‘हामीसँग पर्खनुको अर्को विकल्प थिएन। तर मलाई लाग्छ एयरलाइन्स अलि होसियार हुनुपर्छ।‘ तर, धेरैले विमानस्थलका अधिकारीको तारिफ गरिरहेका छन्। धेरैले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन् कि यो एयरपोर्ट यात्रुहरूको सुरक्षाको बारेमा कत्तिको चिन्तित छ। सन् २०२२ मा यो विमानस्थलबाट एक करोड ५० लाख मानिसले हवाई यात्रा गरेका थिए।