दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को आयोजनमा जारी तीन स्तरीय (फर्ष्ट डिवीजन, सेकेण्ड डिवीजन र प्रीमियर डिवीजन) फूटबल लीगमा बिहीवार दुईवटा म्याच खेलियो। लेबोंग स्थित गोर्खा स्टेडियममा संकटा फूटबल क्लब र हिमालयन फूटबल क्लबबीच खेलिएको म्याच (डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन फूटबल लीग) २-२-ले ड्र रह्यो। संकटा एफसी-बाट सदीप दर्जीले १२औं र निकेत राईले ४८औं मिनटमा गोल गरे। यसरी हिमालयन एफसी-बाट प्रशान्त सुब्बाले ५०औं र मेण्डिज मंगरले ८०औं मिनटमा गोल गरे। यसअघि खेलिएको दिनको पहिलो म्याच (दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीग)-मा डीएम इलेवेनले माउण्ट हर्मोन बोइज क्लबलाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट उमेश राईले ह्याट्रिक गरे। उनले म्याचको १४औं, ३०औं र ६७औं मिनटमा गोल गरे। यसबाहेक अन्य एउटा गोल फिञ्जो वांगदी शेर्पाले २६औं मिनटमा गरे। यसरी माउण्ट हर्मोन बोइज क्लबबाटरोनिक राईले २९औं मिनटमा गोल गरे। जिग्मी दोर्जे भूटिया स्मृति फर्ष्ट डिवीजन लीग जम्मा ४ वटा टीमले हिस्सा लिएको छ। यसरी दावा माइला डुक्पा स्मृति सेकेण्ड डिवीजन लीगमा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। यसबाहेक डीबी प्रधान/अनिता प्रधान स्मृति प्रीमियर डिवीजन लीगमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।